मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख बढी

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख बढी


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५० लाख २० हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।  

तथ्यांक अनुसार ८२ हजार ६६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २९० कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो २४ घण्टामा ९० हजार १०२ संक्रमित थपिएका छन् । 

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

कोरोना संक्रमणको इपिसेन्टर बनेको भारतमा दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको छ । सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ । 

९६ हजार ५५१ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।