रोयटर्स । कोभिड-१९ बाट संक्रमित भइसकेका मानिसले कम्तीमा पनि पाँच महिनासम्म इम्युनिटी प्राप्त गर्न सक्ने बेलायती स्वास्थ्यविद्हरुको नयाँ अनुसन्धानले देखाएको छ। तर, सँगसँगै शरीरभित्र एन्टिबडी भए पनि ती संक्रमितहरुले आफूभित्रको भाइरस अरुलाई फैलाउन सक्ने पत्ता लागेको हो । पब्लिक हेल्थ इंग्ल्यान्ड (पीएचई) का वैज्ञानिकहरुको प्रारम्भिक खोजका अनुसार भाइरसबाट संक्रमित भइसकेपछि कोरोनाको एन्टिबडीज हुने व्यक्तिमा पुनः…