डा. विकास गौचन, अछाम । २०४० सालमा मुस्ताङको लेतेमा जन्मेका बिकाश गौचनलाई सुदूर पहाडको अछाम आएको एक दशक पुरा भएको छ । २०५६ सालमा सरकारी स्कुलबाट एसएलसी सम्मको शिक्षा पुरा गरी आईएस्सी अध्ययन गर्न काठमाण्डौँ छिरेका गौचनलाई एमबिबिएस पढाईका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आकर्षित गरायो । २०६४ सालमा एमबिबिएस सकाएका मेडिकल अधिकृतको रुपमा…