काठमाडौँ– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा गरेका सबै नियुक्ति खारेज गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमति भएको छ। मंगलबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको दुई नेताबीचको छलफलले उक्त विषयमा सहमति जुटाएको हो। केपी ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्दै अध्यादेशका भरमा संवैधानिक परिषद्मा नियुक्ति…