दिनेश श्रेष्ठ काठमाडाैं - ज्याकारान्डाले ढकमक्क छन् काठमाडौंका सडक। घन्टाघर, सहिदगेट, सिंहदरबारलगायत स्थानमा पुग्दा मनले बेग्लै आनन्द प्राप्त गर्छ। सधैँ सयौं सवारीसाधन गुडिरहने सडकको किनारमा झपक्क फुलेका ज्याकारान्डाले जो कोहीको मन तान्छ। वसन्ती बहारमा बैजनी सौन्दर्य पस्किरहेको छ ज्याकारान्डाले। त्यसको हाँगाहाँगामा चिरबिर-चिरबिर गर्दै फुत्त-फुत्त उड्ने चराहरूको चिरबिरले झनै वसन्ती वहारमा संगीत थपिदिए झैँ लाग्छ। कोरोनाको दोस्रो…