दार्चुला र धार्चुला जोड्ने सीमा पूल बुधबार बेलुकी खुल्ला भएको छ। पूल खुलेसँगै भारतमा रोकिएका ६६ जना नेपाली भित्रिएका छन् भने भारतका २३ जना बाहिरिएका छन्। नेपाल भारतका अधिकारीबीच भएको सहमति अनुसार दुवै देशका नागरिकलाई वारपार गर्न दिइएको हो। पूल खुलेसँगै दार्चुलाका ४१ जना, बैतडीका ८ जना, कैलाली, हुम्ला, डडेल्धुराका एक/एक जना भित्रिएका छन् ।…