मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित कैलालीमा

नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित कैलालीमा

सुदूर आज

धनगढी : देशका ७७ वटै जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। कैलालीमा एकै दिन एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ सय ७४ पुगेको छ।

यो संख्या ७७ वटा जिल्लामा सबैभन्दा बढि रहेको स्वास्थ्य ता जनसङख्या मन्त्रालयले जनाएको छ।कैलालीपछि कर्णालीको दैलेखमा सात सय ८४ संक्रमित छन् भने दुई नम्वर प्रदेशको महोत्तरीमा सात सय २८ संक्रमित रहेका छन्।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगयशालामा गरिएको परीक्षणमा कैलालीमा ४० महिला र एक सय २५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। यसैगरि धनगढीमा गरिएको परीक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो। – दिनेश खबर