मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको समग्र विकासमा योजनाबद्द रूपमा अघि बढ्ने

बाजुराको समग्र विकासमा योजनाबद्द रूपमा अघि बढ्ने


जिल्ला समन्वय समिति बाजुराले आफनो दोस्रो जिल्ला सभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको उक्त सभामा बाजुरा जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश सरकार बिच कसरी समन्वय गरेर अगाडी बढने भन्ने सम्बन्धमा छलफल भएको थियो ।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा जिल्ला सभा अध्यक्ष नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभा सदस्य एवं बाजुरा जिल्लामा रहेका स्थानिय तहका प्रमुख / उपप्रमुख, अध्यक्ष / उपाध्यक्ष, जि.स.स. सदस्य हरुको उपस्थिती रहेको थियो ।

सभामा निर्णयार्थ प्रस्तुत गरिएका विषयहरुमा चालु आ.व. २०७५/०७६ को संशोधित आय ब्यय विवरण र आगामी आ.व. को अनुमानित आय व्यय लगायत प्रस्ताव पेश भएकामा सबै निर्णय सर्वसम्मत रुपमा पारित भएको निमित्त जिल्ला समन्वय अधिकारी गोविन्द गिरीले जानकारी दिए ।

सिंहदरबारको अधिकार प्रदेश र स्थानिय तहमा आएको भन्दै आफना अधिकार र विकासका योजना कसरी आफै निर्माण गर्ने, स्थानिय तहबिच एक आपसमा समन्वय गरी कसरी विकास गर्ने भन्ने सन्दर्भमा छलफल भएको थियो ।

वर्तमान समयमा COVID-19 रोगको रोकथाम र जोखिम नियन्त्रणका लागी कसरी साझा धारणा बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।