नरेश भण्डारी आकाश रोएझैं देखिन्थ्यो, ठूलै शोकमा ! लाग्थ्यो, जुम्लाले भारतको चेरापुन्जीलाई माथ गर्न खोज्दैछ ! पोस्टमोर्टम विना दाहसंस्कार गर्न पाइएको थिएन । शव सडेर दुर्गन्धित भएको थियो । यो कारुणिक दृश्यले उपस्थित सबको मन रुवायो । यो पहिलो हृदयविदारक दृश्य थिएन । सामान्य उपचार समेतको अभावमा बिरामी छट्पटाइरहन्थे । जहाजको टिकट अभावमा कतिपय बिरामीको…