मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राम्रो निन्द्रा कसरी लिने ?

राम्रो निन्द्रा कसरी लिने ?


खुट्टा दक्षिण दिशामा राखेर सुत्दा के हुन्छ ?

राम्रो निन्द्रा सबैका लागि आवश्यक छ । व्यस्त तथा थकान समयमा राम्रो निन्द्रा लिन सके व्यक्ति स्वस्थ तथा थप ऊर्जाको महसुस गर्दछ । विभिन्न अङ्गसँग सम्बन्धित सात्त्विक जीवनशैलीमा आधारित यस लेखमा, राम्रो निन्द्रा लिने सम्बन्धी सूत्रहरूको जानकारी हामीले राखेका छौ । यो लेखमा दक्षिण दिशामा खुट्टा राखेर सुत्दा हुने आध्यात्मिक परिप्रेक्ष्यबाट प्रभाव हामी अध्ययन राखिएको छ ।

आध्यात्मिक स्तरबाट राम्रो निन्द्रा लागोस् यसको लागि दक्षिण दिशामा खुट्टा राख्दा हुने प्रभावको विषयमा एसएसआरएफका साधकहरूले अनुसन्धान गरेका छन् । यहाँ राखिएको अनुसन्धान  छैटौँ इन्द्रिय (अतीन्द्रिय संवेदन क्षमता) को माध्यमद्वारा गरिएको हो ।

वायुमण्डलमा विविध प्रकारको तरङ्ग-स्पन्दन स्वाभाविक रूपमा विद्यमान हुन्छ । कुनै विशिष्ट दिशामा यसको अस्तित्व तथा प्रवाह धेरै हुन्छ । हाम्रो देह जब यसको प्रवाहको दिशासँग समानान्तर हुन्छ, तब हामी यसको क्षत्रमा प्रवेश गर्दछौँ र यसले हामी माथि यस क्षेत्रमा नरहेको अवस्थामा भन्दा अधिक प्रभाव पार्दछ । यो तरङ्गहरूमा दुई तरङ्गहरू कष्टप्रद अथवा नकारात्मक (अनिष्ट) प्रकारका हुन्छन् । यस मध्ये तल्लो दिशामा प्रवाहित हुने एवं पातालतर्फ जाने तरङ्ग हुन्छ र अर्को तरङ्ग तिर्यक् तरङ्ग हुन्छ । तिर्यकको शब्दार्थ हो, तिरछा । यो तरङ्गहरू तिरछा भएको कारण कष्टप्रद हुन्छ । यो दुवै तरङ्गहरू दक्षिण दिशातर्फ प्रवाहित हुन्छन् । त्यसैले दक्षिण दिशा यी नकारात्मक (अनिष्ट) तरङ्गहरूले चार्ज भएको हुन्छ ।

जब हामी दक्षिण दिशामा खुट्टा राखेर सुत्छौँ, तब हाम्रो देह अधोगामी र तिर्यक् तरङ्गहरूको कार्यक्षेत्रमा पर्दछ । यसले देहभित्र तथा देह बाहिरको सूक्ष्म रज-तम कणहरूको गतिविधि वृद्धि गर्दछ । बढेको सूक्ष्म रज-तम गतिविधिहरूले अनिष्ट शक्तिहरू (भूत, प्रेत, राक्षस, पिशाच आदि) को गतिविधिहरूमा सहायक हुन्छ । परिणामस्वरूप अनिष्ट शक्तिहरू (भूत, प्रेत, पिशाच आदि) बाट प्रभावित वा आविष्ट हुने आशङ्का बढ्दछ ।

दक्षिण दिशा यमलोक, सूक्ष्म रज-तम तरङ्गहरू र कष्टसँग सम्बन्धित हुन्छ । यो कष्टप्रद पनि हुन्छ । जब हामी दक्षिण दिशामा खुट्टा राखेर सुत्दछौ, तब पाताल र यमलोकको तरङ्गहरू एकत्रित हुन थाल्छ ।

यसले गर्दा हामीले सूक्ष्म रज-तम तरङ्गहरू र अनिष्ट शक्तिहरू (भूत, प्रेत, पिशाच आदि) आकर्षित गर्दछौँ । जब हामी दक्षिण दिशामा खुट्टा राखेर सुत्छौँ, तब उपर्युक्त सबै घटकहरूको संयुक्त प्रभावको परिणामस्वरूप हामीलाई विभिन्न प्रकारको कष्टहरू हुन सक्छन्, उदाहरणको लागि –निन्द्रा न आउनु, सपनाहरू आउनु, निन्द्रामा भय लाग्नु अथवा भयको कारण निन्द्राबाट उठ्नु आदि ।

सारांश
राम्रो निन्द्रा लाग्नको लागि घर बनाउने समय हाम्रो पलङको दिशा सम्बन्धी विचार गर्नु महत्त्वपूर्ण हुन्छ । घरको बाहिर कुनै अन्य स्थानमा अथवा होटेलमा अथवा अरूको घरमा उत्तर-दक्षिण दिशामा नसुत्न, सावधानी अपनाउन पर्छ (खास गरी दक्षिण दिशामा आफ्नो खुट्टा नराख्नुहोस्) । राम्रो निन्द्रा लिनका लागि उत्तर-दक्षिण दिशामा नसुत्न नै बुद्धिमानी हुनेछ । ओछ्यानलाई पूर्वबाट पश्चिमतर्फ बनाएर सुते राम्रोसँग निन्द्रा लाग्नेछ । एजेन्सी