काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् । उनले सोमबार साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा लेखेकी छन् । स्वास्थ्य अवस्था…