टंकप्रसाद रिमाल अछाम । मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको २१औँ जिल्ला साधारण सभा शुक्रबार मंगलसेनमा सम्पन्न भएको छ। साधारण सभाले पदमबहादुर शाहीको सभापतित्वमा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। समाजका सभापति जयबहादुर बोगटीको अध्यक्षतामा अछाम बहुमुखी क्याम्पसमा सम्पन्न साधारण सभाले निवर्तमान सभापति बोगटीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ।…