नैनी क्षेत्रमा फूलेका फूल। तस्बिर : गीता कुँवर अछाम : साँफेबगरबाट ३० किलोमिटर मोटर बाटो गुडेर फेरि ३ किलोमिटर पैदल हिँडेपछि नैनी पुगिन्छ । धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित नैनीलाई अझै सडकले छुन सकेको छैन । साँफेबगर नगरपालिका-१२ मा रहेको नैनीले अछामलगायत सुदूरपश्चिमका विभिन्न जिल्लालाई चिनाउने गर्दछ । गंगा दशहरा मेलामा खप्तड जाने श्रदालु भक्तजनहरु नैनीहुँदै पदमार्गबाट…