कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको राजनीतिक सल्लाहकारमा डा. जितेन्द्र उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ अनुसार उपाध्यायलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । युवा वैज्ञानिक उपाध्याय पछिल्लो समय क्यानडामा अध्यापन पेशामा थिए । विश्वकै प्रतिष्ठित विश्वविद्यालय क्यानडाको म्याकगिल विश्वविद्यालयमा…