३० फागुन, काठमाडाैँ । सरकारले कोरोनाको संक्रमणबाट जोगिनका निम्ति विभिन्न १९ वटा निर्णय गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले श्रम स्वीकृत रोक्ने देखि नागरिकलाइ फिल्म हेर्न नजानु भन्नेसम्मको निर्देशन दिने निर्णय लिएको छ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको…