काठमाडौं– माओवादी केन्द्र सांगठनिक गतिविधिमा सक्रिय हुने भएको छ। केन्द्रको सोमबार बसेको बैठकले सांगठनिक गतिविधि सञ्चालन गर्न केन्द्रीय नेताहरूलाई जिल्ला र प्रदेशमा परिचालन गर्न लागेकाे हाे । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘निर्धारित जिम्मेवारी अनुसार जिल्लाजिल्ला र प्रदेशमा जानुहुनेछ र उहाँहरूले तलसम्म एकसरो संगठनात्मक काम गर्नुहुनेछ।’ त्यसपछि फेरि केन्द्रीय बैठक बस्ने र राष्ट्रिय कार्यकर्ता भेला…