जगत नेपाल - निरंकुश राणा शासनविरुद्ध नेपाली कांग्रेसले जनक्रान्ति चलाएताकाको कुरा हो । रानुदेवी अधिकारी भर्खर १५ वर्षकी थिइन् । रानुदेवी तिनै महिला हुन् जसले रेडियोमा पहिलोपटक क्रान्तिकारी गीत गाएर नेपाली जनतालाई जागरुक बनाएकी थिइन् । राणा विरोधी गतिविधिमा संलग्न उनको परिवार क्रान्ति सुरु भएदेखि विराटनगरको सीमामा पर्ने सानो भारतीय सहर जोगबनीमा वस्न थालेको थियो…