मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचार नपाएर कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउने छैन : कार्यकारी निर्देशक डा. गौचन

उपचार नपाएर कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउने छैन : कार्यकारी निर्देशक डा. गौचन


एक दशक भन्दा बढी दुर्गमका जनतालाई स्वास्थ्य सेवा दिएर एवंम सम्रग स्वास्थ्य प्रणाली सुधारमा सक्रिय रहेर मन जित्न सफल भएका डा. विकास गौचन अहिले नेपाल कै पहिलो प्रदेश (गण्डकी) स्तरिय संक्रामक सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् । दुर्गममा धेरै समय दिएका डा. गौचनलाई स्वास्थ्य क्षेत्र सुधार र जनतालाई सेवा दिए बाफत सुदूरपश्चिम प्रदेश सरकारले सम्मान समेत गरेको थियो भने उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरुस्कार तथा सम्मान पनि प्राप्त गरेका छन् । अछाममा रहेको बयालपाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट राजिनामा दिएर गण्डकी प्रदेश अस्पतालका लागि आव्हान कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिष्पर्धाबाट छनोट भएका डा. गौचनलाई काम थालेको एक महिना पुरा भएको छ । यसै सन्र्दभमा उनको भावी योजना के छन्, कसरी अगाडी बढने र अस्पतालको विकासका लागि कस्तो खाका तयार गर्नुभएको छ भन्ने बिषयमा सुदूरआजले उहाँ संग गरेको कुराकानी ।

सुदूरआजमा स्वागत छ यहाँलाई ।

धेरै धेरै धन्यवाद छ ।

देशकै पहिलो प्रदेश स्तरिय अस्पतालको व्यावस्थापनको जिम्मेवारी पाउनु भएको छ कसरी अगाडी बढ्ने योजनामा हुनुहन्छ ?

जुन जिम्मेवारी प्रदेश सरकारले मलाई दिएको छ । यसलाई मेैले चुनौती र अवसर दुबै रुपले लिएको छु । अहिले बिश्वमा फैलिएको संक्रामक रोग कोभिड १९ ले हामीले अहिलेसम्म विकास गरेका स्वास्थ्य प्रणालीहरु महामारीको समयमा मानिसहरुलाई संक्रमण रोकथाम गर्न रोगको छिटो पहिचान र संक्रमितहरुलाई छिटो छरितो रुपमा गुणस्तरिय सेवा दिन सम्रग स्वास्थ्य प्रणाली कत्तिको सक्षम भयो भन्ने कुरा हामीलाई ठुलो शिक्षाको रुपमा पाठ सिकाएको छ । हामीले यसलाई कुन अर्थमा पनि लिन सक्छौँ भने बिश्वका विकसित देशहरु जस्तै यूरोप, अमेरीका र एकदमै सफल रुपमा स्वास्थ्य प्रणाली विकास गरेको जापान, साउथ कोरिया यस्तै देशहरुमा पनि यो महामारीको समयमा गुणस्तिरिय स्वास्थ्य सेवा प्रदान गर्न चुनौती र कठिनाई भोगिरहेको हामीले पायौँ । नेपालको परिप्रच्छेमा पनि सुरुमा गण्डकी प्रदेशले एउटा छुट्टै बिशिष्टकृत अस्पताल चाहिन्छ जसले सरुवा तथा संक्रामक रोग लागेका मासिनहरुलाई राम्रो सेवा दिन सक्छ भनेर परिकल्पना गरेको रहेछ । नेपालमा लकडाउन सुरु हुने बेला देखि नै यहाँ छलफल सुरु भएको थियो । बैशाख २०७७ सालमा छलफल चलिरहँदा पोखरा महानगरपालिकाको वडा नं. ३० मा रहेको लेखनाथ सामुदायिक लाईन्स अस्पताललाई सरकारीकरण गरेर बिशिष्टकृत अस्पताल बनाएर संचालन गर्ने ऐतिहासिक निर्णय भएको थियो । यसअघि नेपालको हकमा अस्पतालहरु मेडिकल सुपरिडेण्डको नेतृत्वमा संचालन हुदैँ आएकोमा गण्डकी प्रदेशले सुरु गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा एक जना कार्यकारी निर्देशकलाई कार्यसम्पानमा सम्झौता गरेर ५ बर्षको कार्यकाल संचालन गर्न दिने अवधारणा अघि सारेको छ । देशमा संक्रामक तथा सरुवा रोग धेरै छन् तर अहिले महामारीको रुपमा कोभिड १९ जसरी देखा परेको छ । त्यसलैले हामीले अहिले देखि नै राम्रोसंग काम गर्न सक्यौँ भने स्वास्थ्य प्रणाली बलियो बनाउने यो एउटा ठुलो अवसर पनि हो । यसैलाई आधार मानेर चुनौती र अवसरका रुपमा लिएको छु ।

तपाईले त लामो समय दशक भन्दा बढी दुर्गममा सेवा दिुनभयो अहिले सुगम क्षेत्रमा प्रबेश गर्नुभएको छ, त्यहाँ त प्रतिष्पर्धा पनि धेरै होला, जनताको चाप पनि उस्तै हुन्छ अस्पतालहरु पनि उस्तै हुन्छन् यस अवस्थामा तपाईले स्वास्थ्य प्रणाली सुधार गरी व्यावस्थापन पक्ष बलियो बनाएर जनतालाई स्वास्थ्य सेवा दिने आधार वा खाका के छ ?

सुदूरपश्चिम प्रदशेको अछाम जिल्लामा रहेर बयालपाटा अस्पतालमा काम गर्दा हामीले प्रणालीगत सुधारका कामहरु धेरै गर्यौँ । व्यावस्थापनका पक्षका के कुरामा हामीले त्यो बेला ध्यान दियौँ भने यदि कुनै अस्पतालमा काम गर्दा गरिब, असाहय, पैसा नहुने मान्छे आउदाँ उनिहरुलाई गुणस्तिरिय सेवा कसरी सुनिश्चित गर्ने भन्ने व्यावस्थापकिय पक्षमा जोड दियौँ । गडकी प्रदेशकको पोखरा शहर भएपनि हामीले त्यसमा प्रणालीगत सुधारहरु गर्नुपर्ने आवश्यक्ता छ । गण्डकी प्रदेशमा पनि व्यावस्थापकिय जोड पनि के हुनेछ, कोभिड सहितका निश्चित रोगहरुलाई भबिष्यमा पनि पैसा नभएका आम जनतालाई गुणस्तरिय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने हाम्रो अबको लक्ष्य हुनेछ । यस्तै निकट भबिष्यमै अल्पकालिन, मध्यमकालिन र दिर्घकालिन अस्पतालको योजना बनाउने लक्ष्य छ । यसमा प्रदेश सरकार तथा महानगरपालिको अपनत्व हुनेगरी काम गर्ने योजना छ । साथै यस प्रदेशका बिपन्न नागरिकका लागि गुणस्तरिय सेवा दिन बिपन्न नागरिक कोषलाई व्यवस्थित बनाएर अगाडी बढाउने लक्ष्य पनि छ । मेरो मान्यता बयालपाटा अस्पतालमा हुदाँ पनि पैसा नभएर मान्छेले अकालमा ज्यान गुमाउन नपरोस भन्ने थियो अहिले पनि त्यहि छ र भोली पनि यहि हुनेछ । संक्रामक तथा सरुवा रोगको कारणले अकालमा मासिनहरुको ज्यान जान नपरोस भनेर हामी सक्रिय भएर लागेका छौँ । यसमा सबै पक्षहरुबाट सकरात्मक सहयोग आवश्यक हुन्छ । यस्तै अबको चार देखि ६ हप्ता भित्र गण्डकी प्रदेशको सबैभन्दा ठुलो आईसियू तथा एचडीयु संचालनमा ल्याउने हाम्रो तयारी छ । यसले कोभिड १९ का बिरामीको उपचारका लागि आर्थिक भार क मगर्न मद्दत पुग्ने आशा लिएको छु ।

तपाईको व्यावस्थापनले हुने अस्पताल सुधारका खाका के के छन् बुदागत रुपमा ?

यसमा मैले के सोचिरहेको छु भने, अहिले यस प्रदेशमा जति पनि कोरोनाको बिरामी हुनुहन्छ । तत्कालित अवस्थामा अस्पतालको क्षमता भनेको दैनिक ५० जना बिरामी राखेर उपचार दिन सकिने छ । संक्रामक तथा सरुवा रोग सम्बन्धी सबै सेवा निशुल्क छन् । कसैलाई पनि अन्यन्त्र कुनै समस्या छ भने हामी कहाँ आएर सेवा लिन सकिने अवस्था छ ।
ड्ड हामीले २ महिना भित्र मानव संसाधन तयार गर्ने लक्ष्य लिएका छौँ ।
ड्ड बिशेषज्ञ चिकित्सकको माग पनि सामाजिक मन्त्रालयमा भईसकेको छ ।
ड्ड आईसियु र एचबीको सेवा पनि बिस्तार गर्ने छौँ ।
ड्ड एक महिना भित्र अस्पताल भित्र काम गर्ने सबै स्वास्थ्यकर्मीहरुको स्तर बृद्धि गर्नको लागि नियमित मेडिकल शिक्षा सिएमई सुरु गरिसकेका छौँ ।
ड्ड अस्पतालको स्तर बृद्धि गरेर ३ महिना भित्रै संक्रमण रोकथामको हिसाबले यस बिषयमा पनि काम गर्ने योजना छ । साथै अस्पताललाई ग्रिन जोनका रुपमा स्थापित गर्न फोहोर व्यावस्थापनमा समेत हाम्रो जोड हुनेछ ।
ड्ड यो आर्थिक बर्ष भित्र के के काम गर्ने सामाजिक विकास मन्त्रालयसंग पनि छलफल गर्छौँ ।
ड्ड आउने आर्थिक बर्षको लागि अस्पतालले कुन कुन क्षेत्रमा जोड दिनुपर्नेछ भन्ने बिषयको पहिचाँन गर्नेछौँ । यसमा अक्सिजन प्लाण्ट, प्रयोगशाला स्तर बृद्धि, बिद्युतिय स्वास्थ्य तथ्यांक प्रणालीमा प्रणालीगत सुधार कसरी गर्न सकिन्छ भन्ने बिषयमा समेत काम गर्ने भनेका छौँ ।

तपाईले योजनाका क्षेत्रहरु त भन्नु भयो, केहि सयम पहिले मात्रै पोखरामा एकजना महिलाले उपचार नपाएर ज्यान गुमाउनु पर्यो, अस्पतालले कोरोनाको डरले भर्ना लिन नमानेको भन्दै समाचार बाहिर आए, अब के हामी यो आशा गरौँ गण्डकी प्रदेशमा उपचार नपाएर कसैको ज्यान जाने छैन ?

पक्कै पनि । यहाँको मिडिया मार्फत मात्र म के अनुरोध गर्न चााहान्छु भने, उपचारका लागि हाम्रो अस्पताल सधैँ २४ औँ घण्टा खुल्ला छ र रहनेछ । यहाँ सम्भव नभएका जटिल बिरामीको उपचार कुन ठाँउमा सम्भव छ त्यसका लागि समेत हाम्रो पहल हुनेछ । जुन तपाईले धनमायाको कुरा उठाउनु भयो त्यस बिषयमा म के भन्न चाहान्छु भने उहाँले सुरुमा निजि अस्पताल मात्रै धाउनु भएको रहेछ । उहाँलाई प्रदेशको अस्पतालमा ल्याईएन । त्यसैले म अनुरोध गर्न चाहन्छु भने अहिलेको अवस्थामा कुनै पनि संक्रामक वा सरुवा रोग लागेको छ भने पहिलो प्राथमिक्ता सरकारको सरुवा रोग अस्पतालमै हुनुपर्दछ । अहिलेको कोभिड १९ मात्रै नभएर अन्य संक्रामक तथा सरुवा रोगको उपचार गर्ने लक्ष्य हाम्रो अस्पतालले लिएको छ । त्यही अनुसार हामी अघी बढ्ने योजना छ । मैले अघि पनि भने उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्ने स्थितीको सृजना हुन नदिन हामी सबैले सक्रिय भएर लाग्नुपर्दछ ।

अन्त्यमा, दुर्गममा सिमित अवधि र थोरै मात्र चिकित्सक बस्ने परम्परा छ । यहाँले दशकको अवधिमा दुर्गममा रहँदा के दिएँ र के पाँए जस्तो लाग्छ ?

के दिएँ भन्ने कुरा त म आफै भन्दा पनि त्यस क्षेत्रका जनता र समुदायले मुल्यांकन गर्नुपर्दछ, म दशक बसेर जनताको सेवा मै क्रियाशिल भएँ र स्वास्थ्य प्रणाली सुधार गर्नुपर्छ भन्ने मान्यता मेरो जहिले पनि भईरह्यो । मेरो पहिलो प्राथमिक्ता भनेकै बिरामी हुने गर्दथ्यो र सधै रहन्छ पनि । स्वास्थ्य क्षेत्र मार्फतको अनभुव, काम र अन्य हिसाबले मलाई अछामले चिनाएको छ । त्यहाँ बसेर मैले धेरै कुरा सिक्ने अवसर पाँए, आफ्नो सिपलाई निखार्ने मौका पाँए, त्यस क्षेत्रका जनताको सम्मान, माया र आदरलाई मैले मेरो जिवनको अहोभाग्य ठानेको छु । मैले अछाममै भएको बेला जनस्वास्थ्यमा स्नातकोत्तर ९एमपिएच० गर्ने समेत अवसर पाएको छु । जन्म घर मुस्तागं भएपनि कर्मका हिसाबले अछामलाई मैले आफ्नै घरको रुपमा लिएको छु र सधैँ लिनेछु । दुर्गमको बसाई जटिल नै हुन्छ तर अछाम बसाईका क्रममा जटिल र चुनौतीको सामना गर्न ज(जसले मलाई माया, साथ, हौसल्ला र प्रेरणा दिनुभयो उहाँहरुप्रति आभार प्रकट गर्दछु र म सधैँ उहाँहरु प्रति ऋृणी छु । र अछामको स्वास्थ्य क्षेत्रका लागि मैले आगामी दिनमा समेत सुझाव सल्लाह दिन सधैँ तत्पर पनि छु भन्न चाहान्छु ।