मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपसभापतिको राजिनामा स्वीकृत भैसक्यो, शुक्रबार सार्बजनिक हुन्छ : सभापति स्वार

उपसभापतिको राजिनामा स्वीकृत भैसक्यो, शुक्रबार सार्बजनिक हुन्छ : सभापति स्वार

पार्टीमा मैले कसैलाई पनि अंकुश लगाउने काम गरेको छैन्


नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँर निरंकुश पन्चायत बिरोधि आन्दोलनका क्रममा नेविसंघ मार्फत राजनीतिमा प्रवेश गरेका हुन । पाको राजनीतिक अनुभव भएका स्वार युवा जोसका साथ नेपाली कांग्रेस अछामको नेतृत्व गरिरहेका छन् । निडर र हक्की स्वभावका उनले जिल्ला विकास समितीको समेत नेतृत्व गरेका थिए । जिविस सभापति हुँदा स्वारले अछाम जिल्लामा समावेशी तरिकाले सिमित बजेट र स्रोत साधनको प्रयोग गरेर जिल्लाभर भौतिक पुर्वाधारको सुरुवात गरेको मानिन्छ । खासगरी सडक निर्माण र अधिकांस स्वास्थ्य संस्था शैक्षिक संस्था उनकै कार्यकालमा बनेका हुन् । अछाममा विकासवादी नेताको पहिचान बनाएका स्वार यतिबेला नेपाली कांग्रेस अछामको सभापतिका रुपमा दोस्रो कार्यकाल पूरा गर्ने क्रममा छन । २०७० सालमा पार्टी सभापतिमा बहुमतका साथ जित हाँसिल गरेका स्वाँरले पार्टीलाई चलयामान बनाएको कार्यकर्तामा बुझाई छ । २०७४ को प्रतिनिधी सभा चुनावमा अछाम क्षेत्र नं. १ बाट तत्कालिन नेकपा एमालेका उम्मेद्ध्वार भिम रावल संग पराजित भएपनि जिल्लाका स्थानिय तहमा कांग्रेस पहिलो पार्टी बनाउन उनले नेतृत्व लिएका थिए । तर पार्टीको ४ बर्षे कार्यकाल सकिएर बिधानतः थप गरिएको एक बर्षे अवधिको अन्तिम समयमा पार्टीका जिल्ला उपसभापतिको राजिनामाको बिबाद सतहमै देखिएको छ । बिधि बिधान विपरित पार्टी चल्यो भन्दै उपसभापतिले दिएको राजिनामाका बिषयमा सुदूरआजका सम्पादक पूर्ण बहादुर खड्काले सभापति स्वाँर संग गरिएको कुराकानी ।

सुदूर आजमा यहाँलाई स्वागत छ ।

धन्यवाद ।

सभापति ज्यु पाँच बर्ष संगै काम गरेका उपसभापतिले पार्टी विधि बिधान अनुसार नचलेको भन्दै राजीनामा दिए, साच्चै के उहाँले भनेजस्तै हो र ?

कांग्रेसको बिधि बिधान मैले बुझेन की हाम्रा उपसभापतिले बुझेनन् । नेपाली कांग्रेसको बिधान र नियमावली जहिल्यै मेरो सिरानीमा हुन्छ । म अहिले मात्रै पार्टीको सभापति भएको होईन यसभन्दा पहिले पनि कांग्रेस अछामको सभापति भएको हुँ । नेपाल बिद्यार्थी संघको राजनिति गरेर ३२ सालबाट कांग्रेसको राजनितिमा लागेको छु । अहिले सम्म कुनै ठाँउबाट एकसयको जागिर वा लाभको कुनै पदमा बसेको छैन् । म बिधि बिधान अनुसार नै चलेको छु र पार्टीलाई पनि त्यही अनुसार चलाएको छु । त्यो भन्दा अर्को बिधि बिधान के हो मैले बुझेको छैन् । मैले त झन् उहाँलाई उपसभापति बस्नुस म सधैँभरी जिल्ला कुर्न सक्ने स्वास्थ्य स्थितीमा छैन् भनेर भनेको मान्छे । उहाँले सुरु हुन्छ पनि भन्नुभयो, तर मनोनित गरेको केही समयमै राजिनिमा दिनुभयो । एक डेढ बर्ष पार्टी कार्यालय पनि आउनु भएन । अहिले फेरी उहाँको कुन ठाँउमा चित्त बुझेन् मलाई थाह भएन् । म एकदम प्रष्ट मान्छे हो मनमा एउटा कुरा बाहिर एउटा कुरा गर्न आउदैँन् । सकेसम्म मैले त उहाँले राजिनामा नदिउन फिर्ता लिउन् भन्न चाहेको थिए । धेरै प्रयास पनि गरेकै हो । भरसक पत्रकार सम्मेलन नर्गुनस् र उपसभापतिको राजिनामा फिर्ता लिनुस् भनेको थिए । उहाँले हुन्छ पनि भन्नु भएन्, हुदैँन पनि भन्नु भएन् । पत्रकार सम्मेलन गरेरै छाड्नु भयो, त्यो मैले पनि सुने । उहाँले पार्टी छाड्नै चाहेर बिधि बिधान भनेका हुन् की या के कारणले भनेका हुन मैले बुझ्न सकेको छैन ।

जस्तो की सभापति ज्यू उहाँले त बिधि बिधान संगै पत्रकार सम्मेलनमा आफुले दुःख पाएको कुरा पनि सुनाउनु भयो । उहाँकै शब्द सापटी लिएर भन्दा उपसभापतिलाई के दुख नै भएको हो त ?

हेर्नुस् । नाँच्न नजान्ने आँगन टेढो भन्छन् । उहाँलाई त्यस्तो दुख, भारी पिडा दिए जस्तो लाग्दैन् । तपाई आफै पनि हाम्रो पार्टीको जिल्ला कार्य समितिका कुनै पनि सदस्यलाई सोध्नुस् उहाँलाई कुनै पनि पेल्ने काम मैले गरेको छैन् । मैले त्यस्तो गर्ने भए मंगलसेन नगरको मेयरको टिकट आफ्नै हातले लेखेर किन दिन्थे होला । यदि मैले उहाँलाई नचाहेको भए किन आफ्नो हातले लेखेर दिएँ। उपसभापति मनोनित गर्ने अधिकार पनि मलाई थियो म साँच्चै नचाहेको भए किन उहाँलाई नै मनोनित गर्ने थिए होला । त्यसपछि दिनका दिनमा पनि मैले सहयोग गरेकै हो । बाँकी कुरा भोलीको परिणिनतिले देखाउला् । उहाँले भन्न खोजेको के हो मैले अहिले सम्म बुझेको छैन् । म त्यस्तो झुट्को राजनिति गरेर बाँच्न चाहान्न् । अन्तिममा आएर बिधि बिधान मिलेन् भनेर राजिनामा गर्नु यसमा कुनै तुक छैन ।

त्यसो भए उहाँले पत्रकार सम्मेलनमा भने अनुसार केही अनलाइनमा तपाईंको प्रतिक्रिया हेर्दा ५ गतेको जिल्ला कार्यसमितिको बैठकपछि कमि कमजोरी सच्चायर जाने सहमति भएको भन्ने सुनिए, देखियो । यदि कमजोरी नै नभए सहमति गरेर जाने कुरा कसरी आयो त ?

मैले के भनेको हो भने तपाई राजनितिमा सक्रिय हुनुहुन्छ राजिनिमा फिर्ता लिनुस् पत्रकार सम्मेलन् रोक्नुस् । त्यस्तो कुनै कमि कम्जोरी छ भने हेरौँला भन्ने थियो । उहाँको एउटा कुरा के थियो भन्दा महासमिती सदस्य, महाधिबेशन प्रतिनिधी जिल्ला कार्य समिति सदस्य होईनन् उनिहरुलाई कार्य समितिको बैठकमा राख्नु हुन्न भन्ने थियो । मैले भने उनिहरु पनि हाम्रै कांग्रेसका नेता कार्यकर्ता हुन् उनिहरु त झन् फिल्टर भएर जितेर गएका हुन् उनिहरुलाई राख्दा केहि बिग्रीदैनन् भनेको थिए । तर पनि केही बिग्रेकै भए आज तपाई फिर्ता लिनुस् आउने ५ गतेको बैठकमा यो कुरा राख्ने पहल गरौँला भनेको थिए । जस्तो कि हामीले पनि कार्यकर्ताको दुख बुझ्नु पर्छ । कुनै कार्यकर्ता ३ दिन हिडेर दुर्गम बाट आएको हुन्छन, जिल्ला कार्य समितीमा कस्तो कुरा हुन्छ भन्ने जिज्ञाशा हुनसक्छ, उसलाई रोक्ने कुरा हुदैँन् । प्रजातान्त्रीक पार्टीमा त्यस्तो हुनुहुदैन् भन्ने मेरो मान्यता हो । अर्को कुरा हाम्रो ५ बर्ष करिब सकिनै लाग्यो, अहिले त हामी अर्को अधिबेशन नहुन्जेल सम्मका लागि म्याद थपेर मात्रै रहेका छौँ । यत्रो ५ बर्षको कार्यकालमा मैले कसैलाई अंकुश लगाएको छैन् । अब मेरो अवधि सकिन् लागेको बेला एक दुई महिनाको लागि म कसैलाई बार बन्देज गर्न सकिदैन् भने । तैपनि तपाईको चित्त बुझ्दैन भने ५ गते सोच बिचार गरौँला भनेकै हो । जुन उहाँले मर्यादाक्रमको कुरा गर्नु भयो त्यस बिषयमा मैले हाम्रो पार्टीका केन्द्रिय सदस्य ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा मर्यादाक्रम तोक्ने समिती बनाएको भएपनि उहाँले त्यो तोक्न सक्नु भएको छैन् । मैले मुख्य सचिव देखि महामन्त्री पूर्ण बहादुर खड्का सम्मलाई पनि भने मर्यादाक्रम नभएर हामीलाई जिल्लामा समस्या भएको छ त्यो छिटो उपलब्ध गराईदिनुस् भने तर उहाँहरुले जसरी चलेको छ त्यसरी चलाउनुस् भनेपछि मैले छुट्टै के गर्ने । मेरो कुरा बिश्वास लाग्दैन भने केन्द्रिय समितीमा बुझ्दा पनि हुन्छ । भरत कुमार स्वाँर प्रष्ट मान्छे हो त्यसलाई कुनै लोभलालच छैन भन्ने कुरा केन्द्रिय समितिका सदस्यलाई पनि थाह छ । मैले यसमा कुनै बढाई चढाई गर्नुपर्ने आवश्यक्ता छैन् ।

उहाँले पार्टीमा समस्या छ भन्नुहुन्छ तपाईं छैन भन्नुहुन्छ, कमजोरी भए सच्चाउने सहमति पनि गर्नुहुन्छ, यो अवस्थामा उहाँका माग पूरा हुने र सहमति अनुसार अघि बढ्ने सम्भावना कति छ ?

हैन् । त्यो च्याप्टर अब कलोज भईसक्यो । अब कुैन बाँकी छैन् । उहाँको राजिनामा स्वीकृत भए सरह हो । मैले त्यो जिल्ला कार्य समितिमा राखि रहनु पर्दैन् । मैले आफुले नियूक्त गरेको व्यक्तीको राजिनामा स्वीकृत गर्ने अधिकार मलाई छ । मैले शुक्रबार बिहान प्रेस यूनियनका साथीहरुलाई बोलाएको छु । पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा राख्ने छु र उपसभापतिको राजिनामा स्वीकृत भएको जानकारी पनि दिनेछु । अब उहाँले सच्याएर सच्चिने वाला पनि छैन् । केन्द्रको नेताले रोक्नुस् भने पनि अब म रोक्ने परिस्थितीमा पनि छ्रैन् । जिल्ला कार्य समितीमा त तुरुन्तै स्वीकृत गर्नुस् भन्ने कुरा आएको थियो तर मैले आफ्नो स्वबिबेक प्रयोग गरेर उहाँलाई एक हप्ता समय दिएको थिएँ । अब यो मेरो घेरा भन्दा बाहिर गईसक्यो । राजिनामा स्वीकृत भएको अब सार्वजनिक गर्न मात्र बाँकी छ ।

अन्त्यमा उपसभापतिको राजिनामाले तपाईंहरुको विवाद एककिसिमले सडक सतह सम्मै आयो, उनको राजिनामा पछि अब तपाई कसरी अघि बढनुहुन्छ ?

हेर्नुस् कुनै एक जना सदस्यले पार्टी छोड्दैमा, कुनै पदाधिकारीले छोड्दैमा पार्टीमा कुनै उथलपुथल हुदैँन् । महामानव बिपी, कृष्ण प्रसाद भट्टराई, गणेशमान जि, गिरिजाप्रसाद, सुशिल दा जस्ता त्यागी नेता पनि बितेर जानु भयो तर पनि पार्टी आफ्नै रफ्तार र बिधि बिधानमा चलेकै छ । अमर कोहि हुदैनन, भरत कुमार स्वाँर पनि कुनै लाल मोहोर होईन । कार्य अवधि लगभग सकियो, अर्को समिति आउला त्यो कसैले चाहेर फरक पर्नेवाला छैन् । म नभएपनि जिल्ला कार्य समिती नचल्ले भन्ने होईन् । अब कसैले धेरै मिहेनत गर्ला संगठनका लागि दौडधुप गर्ला उसको कार्यकालमा उर्जा आउला सबैले राम्रो भन्लान्, जो गर्दैन त्यतिबेला सबेले मुल्यांकनगर्नुहुन्छ होला । मैले आफ्नो मुल्यांकन आफै गर्न मिल्दैन् । मैले त संगठनलाई उर्जावान बनाउछु् भनेर प्रण लिएर सभापतिमा होमिएको थिएँ । चुनाव जित्नु भन्दा पहिले पार्टी एउटा कोठामा सिमित थियो । मलै सभापति भएलगत्तै पार्टीलाई व्यवस्थित गरेँ । त्यस लगत्तै २ बर्ष भित्रै आफ्नै पार्टी भवन निर्माण गर्न पहल गरे । सबैको सहयोगमा ढाई तले भवनमा हामी स्थिापित भएका छौँ । यो कार्य समितिको ठुलो उपलब्धीको रुपमा मैले लिएको छु । बाँकी त देख्नेहरुले मुल्याकंन गर्नुहोला । धेरै के भनु ।

हस् धन्यवाद ।

धन्यवाद । जय नेपाल ।