काठमाडौं– कोरोना भाइरस संक्रमणबाट बिहीबारसम्म ११ हजार २४९ जना मुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ६४.८५ प्रतिशत हो।
नेपालमा कोराना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ भने ३९ जनाको ज्यान गएको छ।मन्त्रालयका अनुसार प्रदेश १ बाट अहिलेसम्म ७४४ जना कोरोनाबाट मुक्त भएका छन्।
यस्तै प्रदेश २ बाट दुई हजार ५३८, बागमतीबाट ४०६ र गण्डकीबाट ९३५ जना संक्रमण मुक्त भएका छन्।प्रदेश ५ बाट तीन हजार ५३७, कर्णालीबाट एक हजार ४७९ र सुदूरपश्चिमबाट एक हजार ६१० जना संक्रमण मुक्त भएका छन्।
विभिन्न अस्पतालका आइसोलेसनमा रहने संक्रमितको संख्या ६ हजार ५६ छ।यसमध्ये प्रदेश १ मा ६७, प्रदेश २ मा एक हजार ९१५ र बागमतीमा ४२८ जना छन्।
गण्डकीमा ३८५, प्रदेश ५ मा ५५८, कर्णालीमा ३१९ र सुदूरपश्चिममा २ हजार ३८४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया