मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं : जनस्वास्थ्य निरीक्षक बुढा

अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं : जनस्वास्थ्य निरीक्षक बुढा

बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो


देशका विभिन्न जिल्लाहरूमा दादुरा रुबेला खोप लगाइने अभियान सुरु हुँदैछ। सोही अभियान अन्तर्गत ९ महिनादेखि ५ वर्ष सम्मका सबै बालबालिकालाई अनिवार्य दादुरा रुबेला खोप लगाउनु पर्दछ ।

हामीले पञ्चदेवल विनायक नगरपालिकामा यही फाल्गुन १४ गतेदेखि १९ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्दैछौँ।
दादुरा रुबेला खोप अभियान सञ्चालन गर्नु पूर्व हामीले यही फाल्गुन ८ गते दादुरा रुबेला खुब अभियानसम्बन्धी पालिका खाेप समन्वय समिति, पत्रकार तथा विभिन्न सराेकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रम समेत गरिसकेका छौं ।

साथै यस अभियानमा ५ वर्ष मुनिका बाल बालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकाले बच्चाको पहिला खोप लगाउँदाको खोपकार्ड अनिवार्य लिएर जानको लागी पनि जानाकारी गराइन्छ। दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।

प्रमुख चिन्ह-लक्षणहरू:
ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु
रुघा खोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता)
रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ
दादुरा–रुबेला रोगको भएमा के के जटिलता हुन सक्छ?
दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), कम्पन
रुवेलाबाट हुने जटिलता: हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (CRS– अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी), रगत जम्ने क्षमतामा कमि (रक्तस्राव) आदि
यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ ।

दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरू (mucosa) मा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।

यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यसले गर्दा बालबालिकामा अरु संक्रामक रोगहरू हुने सम्भावना पनि बढाउँन्छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो ।

रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ ।

प्रमुख चिन्ह-लक्षणहरू:
ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु
रुघा खोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता)
रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ
दादुरा–रुबेला रोगको भएमा के के जटिलता हुन सक्छ?
दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), कम्पन
रुवेलाबाट हुने जटिलता: हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (CRS– अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी), रगत जम्ने क्षमतामा कमि (रक्तस्राव) आदि
यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।

याद राखौँ दादुरा रोग कोभिड-१९ भन्दा पनि तिब्र गतिले फैलन्छ। साथै यसको मृत्युदर पनि उच्च रहेको छ। १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ।

दादुराको विरामी पत्ता लागेमा गरिने उपचार तथा व्यवस्थापनः

  • शंकास्पद विरामीहरूमा दादुराको लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने
  • महामारी फैलन नदिन शंकास्पद विरामीहरूलाई आइसोलेसनमा राख्ने
  • हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रूमालले छोप्ने
  • व्यक्त्तिगन सरसफाईमा विशेष ध्यान दिने, बेला बेलामा साबुन-पानीले मिचिमिची हात धुने
  • संक्रमित व्यक्त्तिलाई भिडभाड भएका सार्वजनिक ठाउँहरू नलैजाने र नपठाउने। घर भित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्ने
  • संक्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्त्तिले मास्क लगाइरहने

दादुरा संक्रमित बालबालिकालाई साविक भन्दा बढी पोषिलो खानेकुरा खुवाउने गरौँ। दादुरा भएका प्रत्येक बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार भिटामिन ए खुवाउनु पर्दछ।

दादुरा–रुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो ।

दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ ।

त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।