मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाले निःशुल्क आँखाको उपचार गर्ने 

पञ्चदेवल नगरपालिकाले निःशुल्क आँखाको उपचार गर्ने 


अछाम : पञ्चदेवल विनायक नगरपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । 

आँखाका बिमारीहरूले सहर बजार जाने झन्झट लाई मध्यनजर गर्दै पालिका बाटै सेवा लिने उद्देश्य सहित आज बाट नयाँ उपचार केन्द्रको स्थापना गरी उपचार सेवा सुरु भएको हो । 

पन्चदेवल विनायक नगरपालिका अछामका नगरप्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा एक कार्यक्रम गरेर आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । 

उपचार केन्द्र स्थापना गर्दै नगर प्रमुख चलाउनेले आँखाका बिरामीहरूको समस्याको पहिचानका लागि केन्द्रको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरिन । उनले आँखा उपचार केन्द्रका कर्मचारीले नगरपालिका सबै वडा तथा बस्तीमा आँखा जाँच गर्ने बताइन ।

केन्द्रको स्थापना तथा व्यवस्थापन  पञ्चदेवल विनायक नगरपालिका अछाम, च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र बिबिएच आँखा फाउन्डेसन युएसएले गरेको हो ।

च्यारिटि हेल्थ फाउन्डेसनले आँखा उपचार तथा आँखाको शल्यक्रिया  निःशुल्क गरिरहेको संस्थाका निर्देशक त्रैलोक्यनाथ पाण्डेले बताए । उनले आँखा उपचार केन्द्रको सञ्चालनमा सबै पक्षको सहयोग मिलेमा आगामी दिनमा आँखा अस्पतालको सेवा दिन सक्ने बताए ।