मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार महिनापछि खुले देशभरका होटल

चार महिनापछि खुले देशभरका होटल


काठमाडौं– चार महिनापछि आज (बिहीबार)देखि देशभरका होटल खुलेका छन्। ११ चैतमा सुरु भएको लकडाउन ६ साउनबाट अन्त्य भए पनि १५ साउनबाट मात्रै होटल व्यवसाय सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको थियो।

होटलसँगै आजदेखि ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी गतिविधि पनि सञ्चालनमा आएका छन्।सुरक्षा मापदण्ड कायम गर्न पछिल्लो एक साता होटल व्यवसायीले सेवा सञ्चालनका लागि आफ्ना कर्मचारीलाई तालीमसमेत दिएको होटल संघ नेपाल (हान) को भनाइ छ।

अहिले आन्तरिक पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएको हानले जनाएको छ। पोखरामा बिहीबारदेखि १० प्रतिशत होटल खोल्ने तयारीमा रहेको क्षेत्रीय होटल संघ पोखराले जनाएको छ।

त्यस्तै सौराहाका ५० प्रतिशत होटल खुलेको क्षेत्रीय होटल संघ चितवनको भनाइ छ। अन्तर्राष्ट्रिय उडान सुरु नभएकोले काठमाडौंमा रहेको हायात, अन्नपूर्ण र याक एण्ड यति भने सञ्चालन हुने छैनन्।

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान १ भदौदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। सोल्टी, मेरियट, अलफ्टलगायतका होटल भने लकडाउनमा पनि चलेका थिए। – नेपालसमय