मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले ३० हजार टन चिनी आयात गर्ने

सरकारले ३० हजार टन चिनी आयात गर्ने


काठमाडौं– सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गरी विक्रि गर्न अनुमति दिएको छ ।

सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा उद्योग मन्त्रालयको प्रस्तावमा सरकारले दुई कम्पनीलाई चिनी आयात गरी बिक्री गर्न अनुमति दिएको जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार टन र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिएको हो ।

बजारमा चिनीको अभाव हुँदै गएपछि चिनीको मूल्य वृद्धि भएको थियो । अभाव पूर्ति गर्न उद्योग मन्त्रालयले मन्त्रीपरिषद्मा सरकारी स्वामित्वको दुवै कम्पनी मार्फत ५० हजार टन चिनी आयात गर्ने प्रस्ताव गरेको थियो । तर अर्थले ५० हजार टनका लागि अहिले स्रोत जुटाउन कठिन हुने भन्दै ३० हजार टनमात्र ल्याउन सकिने बताएको थियो ।

हाल दुवै कम्पनीसँग एक हजार टनमात्र चिनी रहेको उद्योग सचिव वैकुण्ठ अर्यालले जानकारी दिए । निजी क्षेत्रसँग पनि चिनीको मौज्दात सकिन लागेकोले आयात तत्काल गर्नुपर्ने उद्योगले मन्त्रीपरिषद् बैठकमा प्रस्ताव राखेको थियो ।