मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक

साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक


काठमाडौं – नेपाल सरकार गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश पूर्णरुपमा बन्द गराउन मातहतका निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि उक्त समयमा काठमाडौैं प्रवेश गर्ने यात्रुको आवागमनमा रोक लगाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।

काठमाडौं आउने यात्रुको उपत्यका प्रवेश गर्ने नाकामा कोरोना परीक्षण गर्दा ठूलो संख्यामा पोजेटिभ देखिएपछि मन्त्रालयले रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाइएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

साथै मन्त्रालयले काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन निर्देशन दिएको छ। अत्यावश्यक सेवा र ढुवानीमा भने रोक लगाइएको छैन।

सरकारले लकडाउन खोलेसँगै केही दिनयता काठमाडौं प्रवेश गर्ने यात्रु बढेका छन्।