मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनसुन पछि बाढी पहिरोमा परेर १६७ जनाको ज्या’न गयो, ५६ जना अझै बेप’त्ता

मनसुन पछि बाढी पहिरोमा परेर १६७ जनाको ज्या’न गयो, ५६ जना अझै बेप’त्ता


काठमाण्डौ – मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर अहिलेसम्म एक सय ६७ जनाले ज्या’न गुमाएका छन् । पछिल्लो २४ घण्टामा कालीकोटमा तीन जनाको श’व पहिरो’बाट निकालिएसँगै ज्या’न गुमाउनेको सङ्ख्या एक सय ६७ पुगेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिनुभयो । 

यस्तै जेठ ३० गतेदेखि अहिलेसम्म ५६ जना अझै हराइरहेका छन् । ९९ जना घाइते भएका छन् । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २० जना र सङ्खुवासभामा ११ जना हराइरहेका वस्तीले बताए।

उनीहरुको खोजी भइरहे पनि फेला पर्ने सम्भावना भने कम हुँदै गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताए । 

यसैबीच बुधबारदेखिको वर्षाका कारण आएको बाढीले कैलालीमा ६ हजारभन्दा धेरै घर डुबानमा परेका छन् । टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा रहेका घरहरु डुबानमा परेका हुन् ।

ती घरमा बस्ने मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यसैबीच बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा सडक भत्किँदा आवत जावत बन्द भएका छन्। – उज्यालो