मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेख सहित ७ जिल्लाका सीडीओ फेरिए

दैलेख सहित ७ जिल्लाका सीडीओ फेरिए


काठमाडौं- गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा तथा पदस्थापन गरेको छ।

गृहले मन्त्रीस्तरको निर्णय अनुसार रौतहट, दैलेख, म्याग्दी, मुस्ताङ, प्युठान, मनाङ र रुकुम पूर्वका सीडीओको आइतबार सरुवा तथा पदस्थापन गरेको हो।

गृहले जारी गरेको सूचना अनुसार रौतहटमा उमेश बस्नेत, दैलेखमा सन्तबहादुर सुनुवार, म्याग्दीमा उमाकान्त अधिकारी, मुस्ताङमा हीरादेवी पौडेल, प्युठानमा खिमराज भुसाल, मनाङमा ध्रुव गिरी र रुकुम पूर्वमा राजकुमार राईको सरुवा तथा पदस्थापन गरेको उल्लेख छ।