मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान (अहिले) हाल देशभर समान्य बदली रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा पानी परिरहेको छ ।

विभागले आज दिउँसो गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर सामान्य बदली रही  धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यस्तै आज राती देशभर सामान्य  वदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको विभागले प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको  सम्भावना रहेको बताएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले आग्रह गरेको छ ।  बाह्रखरी