मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा भब्यरुपमा सम्पन्न

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा भब्यरुपमा सम्पन्न

युवाहरुलाई हरेक विकासमा सहभागिता गराउनु पर्नेमा जोड


युवाहरुलाई हरेक विकासमा सहभागिता गराउनु पर्नेमा जोड

काठमाडौं / नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट ४०० भन्दा बढी युवाहरुलाई सहभागीतामा अन्तरराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा भब्यरुपमा सम्पन्न गरेको छ ।

सम्मेलनका पहिलो दिन ७७ जिल्लाका ४०० भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको समापन कार्यक्रममा माननीय जिबन बुढा, माननीय लक्ष्मी परियार र माननीय बिमला विक रहनुभएको थियो । संघियतामा युवाको भुमिका विषयमा छलफल राजन कोइरालाले सन्चालन गरेका थिए ।

राजनीति भनेको फोहोर खेल नभई राजनीति भनेको देशको मुल नीति भएको र राजनीतिले देशको मुहार फेर्ने शक्ति भएको तिनै जना माननीयहरुले जोड दिएका थिए । साथै उहाँहरुले राजनीतिलाई स्वच्छ दृष्टिकोणले हेर्न जरुरी रहेको र युवाहरुलाई सामाजिक दायित्व बहन गरि हरेक विकासमा सहभागिता जनाउनु पर्नेमा सुझाव समेत दिएका थिए ।

४ दिने सम्मेलनमा बिनिता कार्कीले युवा सहभागिता र दिगो विकासको लक्ष्य बारे प्रशिक्षण गर्नुभएको थियो भने माई ईमोशन मेटरका संस्थापक भावना श्रेष्ठले लिडरले निर्णय लिदाँ भावनात्मक बुद्धिको प्रभाव, एग्रिकल्चर डटकमका संस्थापक सुनिता नेमफुकीले कृषि उद्यमशिलता मार्फत युवाहरुलाई कसरी सशक्त पार्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिनुभएको थियो ।

यस सम्मेलनमा ५० प्रतिशत महिलाहरु नै सहभागी भएका छन् । सो सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सो सम्मेलन यहि अगष्ट ९ बाट शुरु भई अगष्ट १२ अर्थात अन्तरराष्ट्रिय युवा दिवस २०२० सम्म भर्चुअल रुपमा सम्पन्न भएको छ । कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा सम्पन्न गरिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बाँनियाले बताउनुभयो ।

सोही सम्मेलनमा नेपाल युवा परिषदले उत्कृष्ठ प्रदेश कर्णाली प्रदेश र उत्कृष्ठ प्रदेश संयोजक कर्णालाी प्रदेशका प्रदेश संयोजक ईन्द्रजित सुनार घोषित गरेकोे छ । त्यसै गरि होनरी मेन्सन अवार्ड रुपेन्देही शाखा, उत्कृष्ठ जिल्ला शाखामा म्याग्दी शाखा र नेपाल युवा परिषद झापा जिल्ला शाखाका जिल्ला संयोजक अनु पौडेललाई युथ अफ द ईएर अवार्डले सम्मान गरेको छ ।