मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक

काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक


काठमाडौं– आजदेखि काठमाडौं उपत्यकाबाट अत्यावश्यक बाहेकका सवारी साधन बाहिरिन र भित्रिन नपाउने भएका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बाहिरिने र भित्रिने दुवै सवारी साधनको लागि पास बन्द गर्ने निर्णय गरेसँगै आवत–जावतमा रोक लागेको हो।

अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले सवारी पास बन्द गर्न निर्देशन दिएको थियो।