काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको जानाएको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र संखुवासभा संक्रमणमुक्त भएको बताएका हुन्।
त्यस्तै बिहीबारसम्म चार जिल्लामा ५०० बढी कोरोना संक्रमित छन्।
काठमाडौं, रौतहट, महोत्तरी र पर्सामा सबैभन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया