मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असोज एकदेखि लामो दूरीको सार्वजनिक यातायात चल्ने

असोज एकदेखि लामो दूरीको सार्वजनिक यातायात चल्ने


काठमाडौं– सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन्।

यसअघि सरकारले भदौ १६ देखि सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो।