काठमाडौं- कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २८० पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या २८० पुगेको हो।
केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
शुुक्रबार ७ जना, बिहीबार ७ जना र बुधबार १२ जनाको मृत्यु भएको थियो।
मंगलबार ११ जना, अस्ति सोमबार ७ जना र आइतबार १४ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया