६६ जना कोरोना संक्रमितको भेन्टिलेटर र ३०१ जनालाई आईसीयूमा राखेर उपचार हुँदै
काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९४२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९४२ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३२६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८३१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ ।
शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया