मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकीलाई उपचारका लागि काठमाडौँ पठाउन गाँउकै युवाले गरे आर्थिक सहयोग

सुकीलाई उपचारका लागि काठमाडौँ पठाउन गाँउकै युवाले गरे आर्थिक सहयोग


अछाम : जिल्लाको मंगलसेन नगरपालिकाकी ६२ बर्षिया सुकी दमाईको उपचारका लागि सोही वडाका २ जनाले आर्थिक सहयोग गरेका छन् ।

सुकीको उपचारमा राहत होस् भनेर मंगलसेन ७ का समाजसेवी हर्क खड्का र सोही वडाका कांग्रेस वडा सभापति पदम बहादुर थ्यायत खड्काले ५ ५ हजार गरेर आर्थिक सहयोग गरेका हुन् ।

सुकीको उपचारमा केही सहयोग होस् भनेर आफुहरुले सानो रकम भएपनि आर्थिक सहयोग गरेको नेपाल लाईफ ईन्सुरेन्स मंगलसेन उपशाखाका प्रमुख समेत रहेका थ्यायतले बताए ।

साथै उनले सुकीको लागि सहयोग गरिदिन समेत सबैलाई आग्रह गरेका छन् । साथै उनले सुकीको उपचारका लागि काठमाण्डौँ पठाउने तयारी समेत भईरहेको बताए ।

बाँया हातमा एक बर्ष पहिले भएको सानो पिलो अहिले ठुलो भएर क्यान्सर भएपछि सुकी दमाई आर्थिक अभावमा छट्पटाईरहेकी छन् ।

यो पनि पढ्नुस