मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचारको पर्खाईमा मंगलसेन ७ की सुकी, सहयोग माग्दै गाँउका युवा

उपचारको पर्खाईमा मंगलसेन ७ की सुकी, सहयोग माग्दै गाँउका युवा


अछाम : जिल्लाको मंगलसेन नगरपालिकाकी ६२ बर्षिया सुकी दमाई असह्य पिडा हुन थालेको छ । एक बर्ष पहिले उनको बाँया हातको कुममा सानो पिलो अहिले भारी हुन थालेको छ । घाउ पाकेर ठुलो हुदैँ गएपछि उनलाई अहिले सहनै नसक्ने गरी दुखाई हुन थालेको छ ।

उनका श्रीमान् झंकरे दमाई श्रीमतीको हातको पिलो गाँउ घरकै झारफुक गराएर निको भईहाल्ने आशामा थिए । उनले त्यहि अनुसार झारफुक गर्न लगाए तर सुकीको घाँउ झ्न झन् ठुलो हुन थाल्यो ।सुकीको घाउ निको हुनको साटो झन ठुलो सुनिन्न थालेपछि उनका श्रीमान् झंकरे दमाईले मेडिकलको औषधी पनि प्रयोग गरे । तर पनि घाउ निको १९ को २० भएन् ।

घाउ निको नभएर सुकीलाई पिडा दिन थालेपछि उनका श्रीमानले गाँउका अन्य दाजुभाईको सल्लाहमा जेनतेन पैसा जम्मा गरेर श्रीमतीलाई भारत लगे । त्यहाँ पनि पैसा अभावमा उपचार नभएपनि उनि श्रीमतीलाई डोर्याउदै पुन नेपाल फर्किए ।

झंकरेले जेनतेन पैसा जम्मा गरेर श्रीमतीको उपचारका लागि चितवन पुगे । चितवनमा सुकीको हातको घाँउ ठुलो भएर क्यान्सर भएको त्यहाँका चिकित्सकले बताए । डाक्टरले त्यसको उपचार गर्न धेरै पैसा लाग्ने भएपछि झंकरे छाँगा बाट खसे झै भए । उनि आफु संग त्यत्रो पैसा नभएको भन्दै उपचार नगरी घर फर्किए ।

उनि यतिबेला आफ्नी श्रीमतीलाई काखीमा ल्गाएर उनको दुखाई कम हुन्छ भन्दै सुझाउन र स्याहार सुसार गर्न बाहेक अरु गर्न सक्ने अवस्थामा छैनन् । आफु संगै पैसा छ्रैन् डाक्टरले धेरै पैसा लाग्छ भने मेरो त घर फर्कनुको बिकल्प रहेन् झंकरले गहभरी आँशु निकाल्दै दुखेशो पोखे ।

घरमा एक छाक टार्नलाई पनि धौ धौ हुन्छ झंकरले भने यत्रो धेरै पैसा कहाँ बाट ल्याएर श्रीमतीको उपचार गरुँ । उनले आफ्नी श्रीमतीको उपचार गरी बचाई दिन आग्रह गरेका छन् । सुकीको साथमा उनका श्रीमान् बाहेक अरु कोही छैन । ३ छोरी हुन् उनिहरु सबै बिहे गरेर गैसके छोरा भएन उनका श्रीमान् झंकरले भने म पनि ६७ बर्षको भईसके अहिले हामीलाई पानी दिने मान्छे पनि छैन् ।

सुकीको त्यो अवस्था देखेर सोही वडाका केही युवाहरुले उनलाई सहयोग गर्ने जमर्को गरेका छन् । सुकीको उपचारका लागि आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्नुका साथै, नगर तथा सरोकारवालालाई पनि सहयोगको माग गरेका छन् ।

कांग्रेस ७ नम्बर वडाका सभापती पदम बहादुर थ्यायतको पहलमा ति युवाहरुले सुकीको लागि आर्थिक सहयोग अभियानको थालनि गरेका छन् । थ्यायत थ्यायत सहित जन्मराज जैसी, आरपी जैसी लगायतका युवाले सहयोग अभियान चलाएका हुन् ।

सुकीको उपचारका लागि तपाई पनि सहयोग गर्नु चाहानु हुन्छ भने बैँकको खाता नम्बर र सम्पर्क व्यक्तीको बिबरण यसप्रकार रहेको छ ।

खाता नं. ०१९१०९०१७३६०४०१
खातावालाको नाम झंकरे दमाई ।
ग्लोबल आईएमी बैँक मंगलसेन शाखा
सम्पर्क नं. ९७४१७८४५२८
पदम थ्यायत ९८४८४६०६९४
कमल परियार ९८६९६६२३१२
जन्मराज जैसी ९८४२८८०६१७