मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका : सबैभन्दा बढी बजेट वडा न १३ र कम वडा न २ लाई

मंगलसेन नगरपालिका : सबैभन्दा बढी बजेट वडा न १३ र कम वडा न २ लाई


अछाम : मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८३ ÷०८४ का लागि सबैभन्दा बढी बजेट वडा न १३ लाई दिएको छ । भौगोलिक रुपमा सबैभन्दा विकट रहेको उक्त वडालाई ३३ लाख बजेट विनियोजन गरिएको छ भने सबैभन्दा कम वडा न २ ले पाएको छ ।

उक्त वडाले ११ लाख बजेट पाएको हो । यस्तै वडा न १ मा २६ लाख ४० हजार, वडा न ३ मा २८ लाख ६० हजार, वडा न ४ मा २५ लाख ३० हजार, वडा न ५ ले २८ लाख ६० हजार, वडा न ६ ले १९ लाख ८० हजार बजेट पाएको छ

वडा न ७ ले २० लाख ९० हजार, वडा न ८ ले १८ लाख ७० हजार, वडा न ९ ले १९ लाख ८० हजार, वडा न १० ले १८ लाख ७० हजार, वडा न ११ ले पनि १८ लाख ७० हजार बजेट पाएको छ । यसैगरि वडा न १२ ले २९ लाख ७० हजार र वडा न १४ ले ३० लाख ८० हजार बजेट पाएको छ । गत आर्थिक वर्ष भन्दा यो वर्ष वडाको बजेट केही बढेर आएको छ ।