कर्णाली, बुढीगंगा र सेती नदीले बनाएको टापूजस्तै लाग्छ अछाम। अछामका बारेमा रोचक किस्साका पनि पहाडै छन् जस्तो लाग्छ। आधिकारिक तथ्यांक दिने भरपुर कोशिसका साथ यहाँ केही किस्सा, केही तथ्य खोतल्ने प्रयास गरिएको छ। २०१३ सालमा तत्कालीन राजा महेन्द्रको डोटीमा सवारी हुँदा केही सचेत अछामी जनताले राजाको घोडसवारीलाई रोके अरे! त्यसपछि राजासामु अछाममा सरकारी अड्डाको माग गरे।…