मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नियमीत बर्षाका कारण अछामका अधिकांस ग्रामिण सडक अबरुद्ध

नियमीत बर्षाका कारण अछामका अधिकांस ग्रामिण सडक अबरुद्ध


अछाम / नियमीत बर्षाका कारण अछामका अधिकांश सडक यतिबेला अबरुद्ध भएका छन । जिल्लाको मुख्य कालोपात्रे मार्ग चौखुट्टे, साँफेबगर, जयगढ, मंगलसेन, गैरिटाड विनायक सडकसम्म मात्र यतिबेला यातायातका साधन चल्न सकेका छन भने बाँकी जिल्ला भरि स्थानिय सडक देखी गाँउसम्म जोडीएका सडकमा सवारी साधन पुर्ण रुपमा बन्द भएका छन ।

कस्टपुर्ण रुपमा बाईकका साधन चल्न सकेपनी जिप तथा टयाक्टर चल्न सडकमा बन्द भएका छन । कतिपय स्थानिय सडकको अबस्थाको आधारमा जिप गैहाले पनी चर्को भाडा लिने गरेका स्थानियले गुनासो गरेका छन । यता नियमीत बर्षाका कारण सहीत विगत २ महिना देखी मंगलसेन नगरपालिकाको मंगलसेन देखि कुन्ति पिठीबान्ना, कैलाशखोला, वलिगाउ, वलिगाउ, खिमाडा हुदै कालागाउ सम्मको सडकमा सवारी साधन चल्न बन्द भएको छ ।

सकडमा करी ५० मिटर भन्दा बढी लामो पहीरो आउदा सम्बन्धीत निकायबाट समयमै मर्मत नहुदा सडक अबरुद्ध भएका हुन । चित्रे रामारोशन खण्डको कैलाशखोला जिरो प्वाईन्ट र तापिरवा खोला नजिकै क्षेत्रमा २ महीना अघि पहीरो आएर सडक पुर्ण रुपमा अबरुद्ध हुदा समेत वडा सरकार र नगरपालिकाले खुलाउनका चासो नदेखाएको नागरिकको गुनासो रहेको छ ।

यसरी सडक अबरुद्ध हुदा सबैभन्दा स्थानिय गाउमा कुखुरा पालन गर्ने ब्याबसायि तथा ब्यापारी समस्यको भएको छ । आफुले नियमीत कुखुरा पालन गरिरहेको र नियमीत आवश्यक पर्ने चारो तथा स्थानिय गाउसम्म कुखुरा लैजान समस्या आउदै गरेको मंगलसेन नगरपालिका ९ का स्थानिय कुखुरा ब्याबसायि कम्मान सिंह वडले बताउनु भयो । उता माथिल्लो क्षेत्रमा वलिगाउको बगरखोला जिरो प्वाईन्ट देखि मंगला नेरा माबि हुदै भावरखोला देखि खिमाडासम्मको सडकमा निकै असहजता आएको छ ।

भावरको खोलामा करिब १ किलोमिटर सडकमा पहीलो आउदा सडक अबरुद्ध छ जसको कारण वडा नम्बर ११ खिमाडा, १२ बान्नातोली र १४ कालागाउका नागरिकलाई असहजता भएको छ । यसरी २ महिना सम्म सडक अबरुद्ध हुदा कुखुरा ब्याबसाय गरिरहदा गाउसम्म कुखरा लैजानका लागी समस्या आएको वलिगाउका ब्यापारी जखन रावलले बताउनु भयो ।

उता मंगलसेन नगरपालिकाका अनुसार नियमीत बर्षाका कारण सडक मर्मतमा समस्या आएका बताईएको छ । बर्षाका कारण अबरुद्ध सडक आजभोली नै मर्मत गरेतापनी बर्षे मौसम भएकाले पुन सडक भत्कीदै जाने भएकाले मर्मत नगरिएको नगर प्रमुख पदम बहादुर बोहराले बताउनु भयो । नगरका हरेक सडक निर्माणका लागी ठेकेदार समेत भएकाले उनिहरुले अपनत्व समेत लिनु पर्ने बताउनु भयो । तत्काल नागरिकलाई असहजता भएपनी असोज महीना सुरु हुनै बित्तिकै नगरका सबै ग्रामिण सडक मर्मत गरिने बोहराले बताउनु भयो ।