मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमै २ जना मात्र रहेका सिकिस्त बाल रोग बिशेषज्ञ मध्येका एक डा. अवस्थी सुदूरपश्चिममा

नेपालमै २ जना मात्र रहेका सिकिस्त बाल रोग बिशेषज्ञ मध्येका एक डा. अवस्थी सुदूरपश्चिममा

पहिलो पटक सिकिस्त बाल रोग बिशेषज्ञ डाक्टर सुदूरपश्चिममा


सिकिस्त बाल रोग विधामा बिशेषज्ञता हासिल गर्ने डा. नेपालमा २ जना मात्रै, १ जनालाई सुदूरपश्चि प्रदेशले पायो’

अछाम । सुदूरपश्चिम प्रदेशले पहिलो पटक सिकिस्त बाल रोग बिशेषज्ञ डाक्टर पाएको छ । उक्त बिशेषज्ञता हासिल गर्ने नेपालमै २ जना मात्र डाक्टर रहेका छन् । २ जना मध्येका एक बरिष्ठ बाल रोग बिशेषज्ञ डा. पुष्पराज अवस्थीलाई सुदूरपश्चिमले पाएको हो ।

डाक्टर अवस्थी सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा आएका छन् । उनि सेती संगैँ निसर्ग अस्पतालमा पनि काम गर्ने बताईएको छ ।
डा. अवस्थीलाई यस प्रदेशमा स्वागत गर्न पाउनु सुदूरपश्चिमबासीलाई खुशीको कुरा भएको निसर्ग अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर ओमकार बिष्टले बताए ।

सुदूरपश्चिम प्रदेशले पायो पहिलो पटक सिकिस्त बाल रोग बिशेषज्ञ डाक्टर

वरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज अवस्थी (DM, Pediatric Critical Care) विधामा बिशेषज्ञता हासिल गर्ने सुदूरपश्चिमकै पहिलो डाक्टर हुन भने नेपालकै दुइजना डाक्टर मध्येका एक हुन् ।

उहाँको जस्तो बिशेषज्ञता हासिल गरेका व्यक्ति नेपाल भरिमै दुई जनामात्र हुनुहुन्छ डा ओमकार बिष्टले भने यो बिषय साढे ५ बर्षको एमबिबिएस पछि ३ बर्ष बालरोग बिधामा एमडी बिषेशज्ञता हासिल गरिसकेपछि अझै ३ बर्ष सिकिस्त बिरामी बच्चाहरूको बिषयमा थप ३ बर्षको बिशेषज्ञता हो।

डा. अवस्थीको बिशेषज्ञताले सम्पूर्ण सुदूरपश्चिम बासीलाई फाइदा पुग्ने डा बिष्टको बिश्वास छ । यस प्रदेशका धेरै सिकिस्त बच्चाहरूको ज्यान जोगिने उनले बताए ।

सुदूरपश्चिम बाट काठमाण्डौँ तथा बिदेश पुगेर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य संगै आर्थिक तथा अन्य कुरामा सास्ती भोग्नु पर्ने अवस्थाको पनि अन्त्य हुने सर्जन बिष्टको भनाई छ ।