काठमाडौं- पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रायलको बिहीबारको तथ्यांकअनुसार गत २४ घण्टामा ५ हजार ५१० पीसीआर परीक्षण गर्दा २३३ महिला र ३८० जना पुरुषमा कोरोना पुष्टि भएको हो। हाल देशभर सक्रिय संक्रमितको संख्या ७…