काठमाडौं- काेरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयले शनिबार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको मृत्यु भएकाे पुष्टि गरेकाे हाे। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। डाेल्पाका पुरुष दमका रोगी र धनगढीकी महिला मिर्गौला रोगबाट पीडित थिए। धनगढी…