पोखरा– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आवश्यक परे केन्द्रमा पनि समानान्तर कमिटी गठन गरिने बताएका छन्। कास्कीमा बिहीबार पार्टीको समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आवश्यक परे केन्द्रमा पनि समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन्। एमालेभित्र आन्तरिक विवाद चुलिँदै गएको अवस्थामा नेपाल समूहले कास्कीबाट समानान्तर कमिटी गठन अभियान सुरु गरेको छ।…