काठमाडौं - नेपाली कांग्रेसले चैत २० मा केन्द्रीय समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक विषयमा अनिर्णित रहेको कांग्रेसले २० गतेका लागि बैठक डाकेको हो। पछिल्लो राजनीतिक घटनाक्रम र १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बैठक डाकिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक केन्द्रीय कार्यालय सानेपामा दिउसोका लागि डाकिएको छ। कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ…