काठमाडौं– सोमबार राति सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरणका खेल सकिए। मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) बीच सम्पन्न पहिलो चरणको अन्तिम खेल हेर्न दशरथ रंगशालामा करिब ३ हजार दर्शकको उपस्थिति थियो। लिगमा यो निकै धेरै संख्या हो। पछिल्लो सिजनको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब खेल्दा पनि ३ हजार दर्शक उपस्थित थिए।…