मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका : उपाधि जित्ने क्रिकेट टिमलाई नगद सहित सम्मान

मंगलसेन नगरपालिका : उपाधि जित्ने क्रिकेट टिमलाई नगद सहित सम्मान


अछाम : जिल्लाको कमलबजारमा सम्पन्न प्रथम कमल रावत स्मृति कप क्रिकेट उपाधि जित्ने मंगलसेनकाे क्रिकेट टिमलाई मंगलसेन नगरपालिकाले सम्मान गरेको छ ।

उपाधि जित्न महत्त्वपूर्ण योगदान गर्ने सबै खेलाडीलाई मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले आफ्नो एक महिनाको सुबिधाबाट खेलाडीलाई नगद ३५ हजारको चेक खेलाडीलाई हस्तान्तरण गरे ।

ब्यक्तिगत ३५ हजार र नगरपालिकाको तर्फबाट थप २० हजार खेलाडीलाई सम्मान स्वरुप प्रदान गरिने नगर प्रमुख बोहराले बताए । सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले खेलाडीले उपाधि जिताउन सफल भएकाेमा आफुलाई हर्षित तुल्याएको बताए ।

नगरपालिकालाई चिनाउन खेलाडीले अमुल्य भुमिका खेलेकाले आगामी दिनमा निरन्तर सहयोग रहने बताए। खेलाडीले उपाधि जितेर प्राप्त गरेको ट्रफि नगरप्रमुखलाई हस्तान्तरण गरेका थिए भने सबै खेलाडीलाई खादा, अब्बिर सहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, सुचना अधिकारी विष्णुप्रसाद जैसी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महत, वडा नम्बर ३ का वडा सदस्य बृख बहादुर बोगटी लगाएतको सहभागीता रहेको थियो ।

सम्मान कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपेन्द्र बिष्टले गरेका थिए । यसअघि गत मंसिर ११ गतेदेखि १७ गतेसम्म कमलबजारमा संचालन भएको क्रिकेट प्रतियोगिताको उपाधि मंगलसेन नगरपालिकाको टिमले उचालेको थियो ।

सम्मान कार्यक्रममा क्रिकेट टिम कप्तान पौरख कुमार बोगटी, छत्र विक्रम रावल, कमल रावल लगाएत सबै खेलाडीको सहभागीता रहेको थियो ।