काठमाडौं: सुर्खेतमा रुख काटेको आरोपमा पक्राउ परेका एक व्यक्तिको हिरासतमै मृत्युभएपछि आफन्त आन्दोलित बनेका छन्। वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ गरिएका लेकवेशी नगरपालिका( १० भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालयको हिरासतमा पुर्याउनेबित्तिकै मृत्यु भएको हो। उनी हाल वीरेन्द्रनगर( १३ मा बस्दै आएका थिए। लामिछाने मदन भण्डारी राजमार्गमा पर्ने सालको रुख काटेको अभियोगमा श्रीमतीसहित…