मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोराको जन्मदिनमा सिटिजनको बीमा पोलिसी उपहार

छोराको जन्मदिनमा सिटिजनको बीमा पोलिसी उपहार


सुर्खेत । जीवन आफैमा महत्त्वपूर्ण छ । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ ।

यसै क्रममा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा न.-६, निवासी मिलन पन्तले शुक्रबार छोरा आयुध पन्तको जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. बिरेन्द्रनगर शाखाबाट जारी शुभारम्भ योजनाको बीमा पोलिसी उपहार दिनुभएको छ ।

छोराको भविष्य सुनिश्चित गर्न १८ औं जन्मदिनको अवसरमा ५० लाख रुपैयाँको सिटिजन शुभारम्भ योजनाको बीमा पोलिसी उपहार स्वरुप दिएको पन्तले बताए ।

शुभारम्भ योजनामा विभिन्न ७ वटा सुबिधाहरु रहेको र उक्त बिमा योजनामा धेरै सुबिधाहरु रहेको कम्पनीका शाखा प्रमुख नम बहादुर खडकाले बताए । बीमा अवधी समाप्त भएपछि बीमाङ्क रकम ५० लाख रुपैयाँ र बोनस रकम पाइने छ ।