धनगढी– जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २४ र अछामका सात जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको सुल्लेखका २१ पुरुष, शिखर नगरपालिका वडा नम्वर १ का दुई पुरुष र…