मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका स्थानिय तहहरुले आफ्नो क्षेत्रको फोहोर समेत व्यावस्थापन गर्न सकेनन्

अछामका स्थानिय तहहरुले आफ्नो क्षेत्रको फोहोर समेत व्यावस्थापन गर्न सकेनन्

स्थानिय युवाले नै सक्रियाता देखाउनु पर्ने बाध्यता


जिल्ला प्रबेश नाका रहेका ठाँउमा दुर्गन्धित फोहोरले अव्यवस्थित बन्दै बजारहरु

अछाम । जिल्लाका स्थानिय तहहरुमा फोहोर व्यावस्थापन हुन नसक्दा त्यहाँ रहेका स्थानिय बजारहरु दुर्गन्धित बन्दै गएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नगरपालिकामा रहेका बजारमा समेत फोहोर व्यावस्थापन हुन सकेको छैन् ।

जिल्लाको मुख्य प्रबेश नाकाका रुपमा रहेको साँफेबगर एयरपोर्ट र हाटबजार वरिपरीको समेत फोहोर व्यावस्थापन नहुदाँ दुर्गन्धित बन्दै गएको स्थानियले गुनोसो गरेका छन् । नगरले अरु गाँउघर तिर प्रायजसो अनुगमन गर्छ तर मुख्य बजारमा रहेको फोहोरको बारेमा चाँसो नदेखाएको स्थानियले आरोप लगाएका छन् ।

फोहोर व्यावस्थापन नहुदाँ त्यहाँका बजारहरु जताततै अव्यवस्थित बन्दै गएको छ । बजार सरसफाई गरी फोहोर व्यावस्थापन गर्नुपर्ने स्थानियहरुको माग छ । हाट बजार देखि एयरपोर्ट बजारमा पछिल्लो समयमा फोहोर व्यावस्थापन हुन नसेकेको स्थानियको भनाई छ ।
स्थानिय बजारबासीले समेत चाँसो नदेखाएको र नगरले पनि ध्यान दिन नसक्दा फोहोर व्यावस्थापन हुन नसकेको हो । फोहोर व्यावस्थापनका लागि खरिद गरिएको टिप्पर समेत हाल प्रयोगमा नआएको पाईएको छ ।

यस बिषयमा साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरसंग कुरा गर्दा साँफेवगरमा फोहोर ब्यावस्थापन गर्न कठिनाई भएको बताए । स्मार्ट सहरको रुपमा चिनिने नगरको मुख्य ब्यापारी केन्द्र साँफेबगरको फोहोर ब्यावस्थापनका लागी नयाँ सहर आयोजनाबाट आएको डम्पिङ साइडको योजना वडा नम्वर ६ को सामुदायिक वनमा बनाउने निर्णय कार्यान्वयन हुन नसक्दा ब्यावस्थापनमा समस्या भएको नगर प्रमुख कुँवरको भनाई छ ।

उनका अनुसार यो आर्थिक बर्षमा नगरपालिकाको आयोजनामा जग्गा खरिद गरेर डम्पिङ साइड बनाई फोहोर ब्यावस्थापन गरिने भएको छ । सम्मुर्ण बजार बासीहरुले सरसफाई प्रति आफ्नो दायित्व पुरा गरी फोहोर ब्यावस्थापनमा साथ दिन नगर प्रमुख कुँवरले आग्रह समेत गरे ।

यस्तै जिल्लाको अर्को प्रबेश नाका रहेको पञ्चदेवन बिनायक नगरपालिकामा समेत फोहोर व्यावस्थापन नभएपछि सुदूरआजले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित पश्चात स्थानिय यूवाहरुले बजार आसपासको फोहोर व्यावस्थापन गरेका थिए । तर नगरको पहलमा भने सरसफाई भएको पाईदैँन ।

यस्तै जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा समेत अव्यवस्थित फोहोरले दुर्गन्धित बन्दै सदरमुकाम भन्ने समाचार समेत सुदूरआजले पहिलो पटक प्रकाशति गरेपछि स्थानिय युवा तथा नगरले चाँसो देखाएको थियो । समाचार प्रकाशितको केही दिनमै नगर तथा स्थानिय यूवाहरुले फोहोर व्यावस्थापन गरेका थिए । जिल्लामा फोहोर व्यावस्थापनका लागि समेत यसरी आवाज उठाउनुपर्ने बाध्यता रहेको छ । स्थानियबासी तथा नगरले सक्रियाता देखाएर सफाई गर्नुपर्ने भएतापनि त्यसो हुन सकेको छैन ।

यस्तै जिल्लाका अन्य स्थानिय तहमा पनि फोहोर व्यावस्थापन भएको देखिदैँन । बजार क्षेत्र रहेका अन्य स्थानिय तहमा समेत फोहोरको थुप्रो भईरहने गरेको स्थानियबासीले बताउने गरेका छन् ।हरेक नागरिकको पहिलो धन नै स्वास्थ्य मानिने भएपनि जिल्लाका स्थानिय तहका बजारमा हुने गरेका फोहोर व्यावस्थापन कायम हुदैँन । सरसफाई गरी स्वच्छ बातावरण राख्नु हरेक नागरिकको कतव्र्य त छदैँ त त्यसमा पनि गरि स्थानिय तहको दायित्व भएकाले त्यस तर्फ ध्यान जान आवश्यक छ ।